ऐसेलुखर्क पौष २२–
ऐसेलुखर्कमा सडक खन्नेक्रममा ढलेको रुखले किचेर तीन जना घाईते बनेका छन् ।
हुर्लुङदेखि ऐसेलुखर्क जोड्ने सडक स्तरोन्ततीकाक्रममा बुधबार ढलेको रुखले
किच्दा ऐसेलुखर्क–४ की ५० वर्षीय गौमायाँ राई, १८ वर्षीय रबिन राई र १६
वर्षीय सुस्मिता राई घाईते भएका हुन् । नेपाल सरकार र स्वीस सरकारको
संयुक्त लगानीमा सञ्चालित स्थानीय सडक सुधार कार्यक्रम अन्तरगत ४० किलोमिटर
लामो हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक स्तरोन्तती गर्नेक्रममा जग काटिएर ढलेको
रुखले किच्दा उनीहरु घाईते बनेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी
नायब उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए । रुखले किच्दा गौमायाँको
काँधमा पेलेको, सुस्मीताको देब्रे घुँडामा गहिरो चोट लागेको र रबिन राईको
घुँडामा चोट लागेको छ । उनीहरुको प्राथमिक स्वास्थ्य चौकी ऐसेलुर्खकमा
उपचार भइरहेको छ ।
No comments:
Post a Comment