फेसबुकको गोप्य (अदर) फोल्डर खोल्नुभएको छ ?
खोलेर सन्देश पढिहाल्नुस्,तर यो फोल्डर भित्र थुपि्रएका
म्यासेजको विषयमा प्रयोगकर्ताले कुनै सूचना नै नपाउने भएकाले महत्वपूर्ण जानकारी समेत त्यसै थन्किने र बासी बन्ने गरेको पाइएको छ ।
न्युयोर्क टाइम्सको एक ब्लग पोष्टमार्फत प्रविधि विज्ञ डेभिड पगले यो अदल नामक फोल्डर भित्र फेसबुकले पठाएका निकै महत्वपूर्ण सन्देशहरु हुने गरेको जानकारी दिएका हुन् । यो फोल्डरमा फेसबुकका विभिन्न सन्देशका साथै फेसबुक फ्रेण्डस्का वर्षौँ अघिसम्मका निम्तोहरु समेत सञ्चित हुने गरेका उनको भनाइ छ ।
प्रयोगकर्ताले फेसबुक वालको मेसेज अप्समा क्लिक गरेपछि अदर भन्ने अप्सन देखा पर्छ । उक्त अप्सनमा क्लिक गरेपछि त्यहाँ रहेका सन्देशहरु पढ्न सकिन्छ । वास्तवमा यो फोल्डरमा एक डलर तिरेर पठाइने महत्वपूर्ण सन्देशहरु भित्रिने गर्छन् । यो अप्सन प्रयोगकर्तालाई स्पाम बाट बचाउनका लागि प्रयोगमा ल्याइएको फेसबुकको दाबी छ । मित्रहरु तपाइँ पनि अदर फोल्डर खोलिहाल्नुस् । कतै गोप्य सन्देश पो छन् की ।
No comments:
Post a Comment